शुक्रबार गण्डकीमा थपिए ५३ संक्रमित

गोरखा : पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशभर ५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७ जिल्लाका गरी कुल ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।शुक्रबार थपिएका नयाँ संक्रमितमध्ये कास्कीका ३६ जना, गोरखाका ५ जना, बाग्लुङका ३ जना, स्याङ्जाका ४ जना, पर्वतका २ जना, तनहुँका २ जना र म्याग्दीका १ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सम्बन्धित सामग्री

गण्डकीमा थपिए १३९६ कोरोना संक्रमित, सात जनाको मृत्यु

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ८५६ सहित प्रदेशका १० जिल्लामा शुक्रबार १३ सय ९६ संक्रमित थपिएका हुन् ।

गण्डकीमा शुक्रबार मात्रै १०८ कोरोना संक्रमित थपिए

पर्वत : केही समयदेखि संक्रमणको दर निकै घटेको गण्डकी प्रदेशमा परीक्षण दायरा बढाएसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार शुक्रवार मात्रै प्रदेशका विभिन्न जिल्लाहरूमा गरेर एक सय आठ जनामा संक्रमणको पुष्टि भएको छ।निर्देशनालयका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदबिन्दु शर्माद्वारा जारी गरिएको शुक्रवारको पहिला विज्ञप्तिमा दुई जिल्लाका १६ जनामा संक्रमणको पुष्टि गरिएको छ। उनीहरू कास्कीको पोखरा महानगरपालिकाको विभि