काठमाण्डौ – चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएको छ । आयोगले आज सोमवार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यसको जानकारी गराएको हो । यो वर्ष दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएका र यो सङ्ख्या गएको वर्षको भन्दा ६ गुणा बढी रहेको आयोगको भनाइ छ । चिकित्सा शिक्षाको पहुँच सामान्य मानिसहरूको पहुँचमा क्रमशः वृद्धि भइरहेको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले बताउनुभयो । स्तरीकृत गरिएका मापदण्ड र सूचकको आधारमा विज्ञ समूहबाट चिकित्सा शिक्षा सञ्च...