निर्वाचन आयोगले सरकारको अनुदान प्राप्त संस्थामा बहाल रहेका पदाधिकारी वा कर्मचारीले राजीनामा पेश गरेको भएमा त्यस्तो राजीनामा पेश गरेकै मितिबाट लागू हुने गरी स्वीकृत गर्न निर्देशन दिएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै राजीनामा स्वीकृत गर्ने निर्देशन कार्यान्वयनका लागि सहजीकरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउने निर्णय गरेको हो । आयोगको विज्ञप्तिमा भनिएको छ, 'मिति २०७९/६/२३ गतेभन्दा अगाडि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, कुनै सरकारी वा अर्धसरकारी निक