सरकारले केही सातादेखिको अन्योल अन्त्य गर्दै अन्ततः नेपाल राष्ट्र बैंकको गभर्नरमा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त ग¥यो । यसअघिका अन्य नियुक्ति विवादमा फस्दै आएको सरकारले केन्द्रीय बैंकमा भने ढिलै भए पनि तुलनात्मक रूपमा सवल र सक्षम व्यक्तित्वको चयन गरेको छ । कोरोनाभाइरस संक्रमणले अर्थतन्त्रमा कालो बादल मडारिएको अहिलेको विषम परिस्थितिमा अर्थमन्त्रीसँग लय मिल्ने नेतृत्व केन्द्रीय बैंकलाई झन् बढी खाँचो थियो । अर्थमन्त्रीकै संयोजकत्वमा गठित समितिको सिफारिससहित अधिकारीलाई मन्त्रिपरिषदले गभर्नरमा नियुक्त गरेको छ र उनले प्रधान न्यायाधीशसँग सपथ लिएर पदभार ग्रहण पनि गरिसकेका छन् ।