नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धन दलमा कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।
बिहीवार पार्टी कामको सिलसिलामा धनगढीमा पुगेका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने सम्बन्धमा गठबन्धनका दलहरूबीच कुनै छलफल नभएको बताएका हुन् ।
उनले आफू निरन्तर काठमाडौं बाहिर रहेको र नेताहरू पनि व्यस्त रहेकाले पाँच दलको बैठक समेत बस्न नसकेको उल्लेख गरे ।
&ls...