काठमाण्डाै – सरकारले डाक्टर गाेविन्द केसीसँग भएकाे सहमतिकाे पत्र अनुमाेदन गरी कार्यान्वयन गर्ने निर्णय गरेकाे छ ।
आज शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारद्वारा गठित वार्ता टोली र केसीबीच गएकाे असाेज ८ गते भएकाे सहमतिकाे पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएको जानकारी गराउनुभएको हाे ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्प...