धौवादी खानीबाट फलाम उत्खनन् होला ? भदौमा आउने रिपोर्टबाट टुंगो लाग्ने

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको वडा नम्बर ५ स्थित धौवादी फलाम खानीबाट निकाल्ने भनिएको फलाम गुणस्तरीय होला ? यो फलामले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ला ? विज्ञ समूहको अन्तिम रिपोर्ट भदौ पहिलो साता आउने भएको छ ।

सम्बन्धित सामग्री

धौवादी क्षेत्रबाट फलाम उत्खनन् गरिने

हाल भइरहेको फलाम आयात घटाउन सरकारले मुलुकमै फलाम उत्खनन गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका-५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा अध्ययन गर्दा फलाम रहेको तथ्य फेला परेपछि उत्खनन गर्ने भएको हो ।

स्वदेशमै फलाम उत्खनन् गर्दै सरकार

सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएको फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खनन्को कार्य अगाडि बढाएको छ।...

धौबादीमा फलाम उत्खनन् गर्ने अन्तिम तयारी

सरकारले नवलपुरको पहाडी क्षेत्रमा रहेको हुप्सेकोट गाउँपालिकामा फलाम उत्खनन् गर्ने अन्तिम तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले धौबादी फलामखानीमा यसै आर्थिक बर्षदेखि व्यावसायिक उत्पादन सुरु गर्ने गरी अन्तिम तयारी गरेको हो । खानी तथा भूगर्भ बिभागले गरेको विस्तृत अध्ययन प्रतिवेदन अनुसार सो क्षेत्रमा एक सय हेक्टर क्षेत्रफलमा फलाम खानी रहेको छ । खानी ८ देखि १० किलोमिटर क्षेत्रफलमा फैलिएको र गहिराई २ सय ५० मिटरसम्म रहेकाले प्रतिवेदनमा उल्लेख छ । भने उक्त खानीबाट करिव ३० बर्षसम्म प्रतिदिन ८ सय टन फलाम उत्पादन हुन्छ ।