भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इङ्ग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ ।जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १९ ओभर तीन बलमा सवै विकेट गुमाउँदै १४८ रनमा समेटियो । इङ्ग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३६ रन बनाए । ह्यारी ब्रुकले २८ र क्रिस जोर्डनले २६ रनको योगदान गरे । भारतका हार्दिक पान्ड्याले सर्वाधिक ४ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित