नेपालगन्जमा धार्मिक सद्भाव कायम राख्न सांसद जबराको आग्रह

बाँकेको नेपालगन्जमा धार्मिक सद्भाव कायम गरिराख्न सांसद धवलशमशेर जबराले आग्रह गरेका छन् । नेपालगन्ज बजारमा दुई समुदायबीच झडप हुँदा कर्फ्यु लागेको जानकारी दिँदै राप्रपाका सांसद जबराले कानुन कार्यान्वयनमा पनि सरकारसँग आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

वीरगञ्जमा आज पनि कर्फ्यू, धार्मिक सद्भाव कायम राख्न अपिल

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्जमा कर्फ्यूलाई आज पनि निरन्तरता दिएको छ । मंगलवार बिहान ६ बजे खोलिएको कर्फ्यू १० बजेपछि पुनः लगाइएको हो ।  सोमवार वीरगञ्जमा भएको प्रदर्शनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यू लगाएको थियो ।  वीरगञ्जको पूर्वमा नगवाचोक, पश्चिम तिलावेपुल, उत्तरमा परवानीपुर र दक्षिणमा नेपाल–भारत सिमानामा रहेको मितेरी पुलसम्मको क्षेत्रमा कर्फ्यू लगाइएको छ । कर्फ्यूका कारण उद्योग, व्यापारसँगै आम दैनिकी प्रभावित भएको छ ।  सो सीमाक्षेत्रमा आवतजावत, भेला, हिँडडुल, जुलुश प्रदर्शन, घेराउ, र्‍यालीलगायतका गतिविधिमा रोक लगाइएको छ । गत फागुन ३ गते रौतहटको इशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच भएको झडपको विरोधमा सोमवार वीरगञ्जमा विरोध जुलुश निकालिएको थियो ।  बेग्लाबेग्लै समूहले जुलुश निकाल्न थालेपछि तनाव बढेको थियो । प्रदर्शनकारी र प्रहरीबीच वीरगञ्जको छपकैया र घण्टाघरमा झडप भएको थियो । प्रदर्शनकारीले सवारी साधन तोडफोड गरेका थिए ।   यसैबीच पर्सा प्रशासनले विज्ञप्ति निकालेर धार्मिक, सांस्कृतिक र साम्प्रदायिक सद्भाव कामय राख्न आग्रह गरेको छ । यस्तो सद्भावमा प्रतिकूल प्रभाव पर्ने कुनै पनि गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ ।

धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न अपिल

विश्व हिन्दू धर्ममा आस्था राख्ने धार्मिक सम्प्रदायहरूले कसैको धार्मिक तथा सांस्कृतिक आस्थामा आँच आउने गरी क्रियाकलाप नगर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।...