काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निशानामा पारेको आरोप लगाएका छन्।योङ कम्युनिस्ट लिग माडीले आयोजना गरेको नगर सभालाई सम्बोधन गर्दै प्रचण्डले संविधानमाथि गलत प्रहार गरेका प्रधानमन्त्री ओलीले आफुलाई सिध्याउन लागिपरेको आरोप लगाए।प्रधानमन्त्री ओलीले केहीदिन अघि प्रचण्डसँग कुनै शक्ति बाँकी नरहेको टिप्पणी गरेकोप्रति आक्रोश पोख्दै परिवर्तनको रक्षा गर्न जनता सडकमा आउने छैनन् भन्ने हल्ला काठमाडौंमा चलाइएको टिप्पणीसमेत गरे।