चुरे विनाशले उच्च जोखिममा बुटवल : धराप बन्यो ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र

चुरेको काखमा अवस्थित बुटवल उपमहानगरपालिका वडा नम्बर ३ र ४ मा पर्ने ज्योतिनगरमा गतसाता पहिरो आयो । पहिरोले ५२ घर उच्च जोखिममा छन् भने १० घर पुरिएका छन् । ६६ भन्दा बढी घरमा लेदो भरिँदा बस्न नमिल्ने भएको छ । चुरे पहाडबाट लेदोसहितको पहिरो आउन थालेपछि ज्योतिनगर र लक्ष्मीनगरमा बस्नै नै जोखिमपूर्ण अवस्था छ । पानी पर्दा स्थानीय निदाउन छाडेका छन् ।  पहिरोपछि १२ घरपरिवार विस्थापित भए भने अरू केही उच्च जोखिममा छन् । बुटवल उपमहानगर प्रमुख, इञ्जिनियर र प्राविधिकहरू केही दिनयता पहिरो प्रभावित क्षेत्रमा निरन्तर पुगेका छन् ...

सम्बन्धित सामग्री

चुरेलाई चलाए झनै जोखिम

भदौ ११ को आरीघोप्टे वर्षापछि चुरे क्षेत्रबाट ढुंगा–माटो–रूखसहितको लेदो आउँदा बुटवलका दर्जनौं घरमा क्षति पुग्यो । नवलपरासी र कपिलवस्तु डुबानमा परे । बुटवल उपमहानगरका ३ र ४ वडाका करिब पाँच दर्जन घर उच्च जोखिममा छन् । बुटवल बजारको बाक्लो बस्ती रहेका लक्ष्मीनगर, ज्योतिनगर, गोलपार्क, आदर्शनगरसहित सुखानगरक्षेत्रमा पनि खतरा बढेको छ ।