आज मिति २०७८ साल चैत महिनाको १५ गते मंगलबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमका साथ हामी रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ लिएर आएका छौँ–विप्लव नेकपाको कार्यनीतिविप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा एमसीसी विरोधी, राष्ट्रघात विरोधी वामपन्थी दलका उम्मेदवारलाई सघाउने नीति पारित गरेको छ । कपिलबस्तुको शिवनगरमा गत चैत ४ गतेदेखि बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।