नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका छन् । सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीचको बैठकमा पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका हुन् । ‘अध्यक्षले पार्टी एकताका लागि आएको प्रस्तावबारे सामान्य ब्रिफिङ गर्नुभयो’, सचिवालय सदस्य प्रकाश ज्वालाले अध्यक्ष नेपालले बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै भने, ‘पार्टी एकताको प्रस