काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । साबिक नवलपरासी कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखाअधिकृत ध्रुवराज गौतमलाई २ करोड २ लाख ७३ हजार बिगोसहित मुद्दा दर्ता गरिएको हो । काफ्ले र गौतमले निर्माण कम्पनी शिवराम जेभी कम्पनीका प्रतिनिधि तथा सञ्चालकसँग मिलेमतो गरी …