काठमाडौं : नेपालगन्जको धम्बोझी चोकमा दिनदहाडै खुँडाले हानेर मान्छे मार्ने रिगल भनिने गुन्डा नाइके योगराज ढकालको करिब १२ वर्ष कैद माफी गरिदिने सरकारी निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरिदियो। सर्वोच्चको आदेशलगत्तै नेपालगन्जबाट रिगल पक्राउ परे। उनलाई शुक्रबार कारागार चलान गरिएको छ। संविधान दिवसका अवसरमा मन्त्रिपरिषदले रिगलको कैद मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले असोज ३ गते संविधान दिवसको अवसरमा ढकालको कैद मिनाहा गर्ने नि