देशमा ठूलो राजनीतिक परिवर्तन भयो । राजनीतिक परिवर्तनसँगै देशमा रोजगारीको अवसर सिर्जना हुन्छ भन्ने सबैको आशा थियो । तर आशा गरेजस्तो भएन । आशा निराशामा परिणत भयो ।
यहाँ रोजगारी सिर्जना हुने कुरामा त विश्वास नै छैन । भएका उद्योगधन्दा पनि बन्द हुने अवस्थामा छन् । धेरैजसो बन्द भएका पनि छन् । उद्योग नहुँदा रोजगारी भएन । त्यसैले देशमा रोजगारीका अवसर नभएपछि युवाहरु श्रमिक बनेर विदेशमा श्रम बेच्न बाध्य छन् ।
सरकारले प्रत्यक्ष्य नभने पनि अप्रत्यक्ष रूपमा विदेश नै जाउ भन्ने नीति लिएको देखिन्छ । यदि यस्तो हुँदैन थियो भने सध...