एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भूसालले पार्टीको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नरहेको बताएका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेले उक्त विभागको सदस्य बनाएको भन्ने समाचार सार्वजनिक भएपछि भूसालले भनाइ आएको हो ।