छिमेकी देश चीनको वुहानबाट उत्पति भएको कोरोनाभाइरस फैलिएर संसार आतंकित छ । अहिले हामी राजनीतिकमात्रै होइन, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले संक्रमणकालमा छौं । संक्रमणकाल समाजका लागि प्रसवकाल हो । प्रसव वेदना सहन निकै गाह्रो हुन्छ । तर, सहनुको विकल्प पनि हुँदैन ।खुला सीमाना भएको छिमेकी देश भारतमा संक्रमित र मृत्युदर उच्च छ । कोभिड १९ को चपेटामा परेका देशहरू मध्ये अहिले भारत संसारकै पहिलो नम्बरमा छ । सरकारी तथ्यांकअनुसार अहिले पनि भारतबाट नेपाल फर्कने नागरिकको संख्या दिनकै सयौं रहेको छ । उनी