सहरी विकास मन्त्री रामकुमारी झाक्रीले नेकपा एमाले विघटनको अवस्थामा पुगेको टिप्पणी गरेकी छन् । उनले एमाले विघटन भएसँगै नेकपा एकीकृत समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइँमा लैजाने बताइन् ।बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री झाक्रीले एमाले दक्षिणपन्थी विसर्जनवादी पार्टी रहेकाले विघटन हुने अवस्थामा पुगेको भन्दै एमाले पार्टी विघटन भएसँगै एकीकृत समाजवादी पार्टी थप मजबुत र संगठित हुँदै जाने बताइन् ।एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाक्रीले चितवनमा एमालेले