कृष्ण राम शर्मा ।वैदेशिक रोजगारीको कुरा गर्दा सबैको दिमागमा जहाज चढेर जाने देशको काम भन्ने मात्र आउँछ । तर भारतमा पनि मजस्ता कयौँ श्रमिकहरू छौँ । फरक यति हो कि यहाँ आउन पासपोर्ट चाहिँदैन ।अन्य देशमा जस्तै यहाँ पनि हामीले रगत पसिना नै बगाएर काम गर्ने हो । यहाँ कमाएको पैसा घरमा नै पठाउने । तर समस्या यही छ कि भारतमा काम गर्ने हामी नेपालीले सहज रूपमा देशमा पैसा पठाउन पाउने व्यवस्था समेत छैन ।यहाँबाट रेमिट्यान्स पठाउन गाह्रो छ । बैङ्किङ च्यानलबाट त घरमा पैसा पठाउन असम्भवजस्तै छ । ल बैंङकमार्फत त पठाउन सकिएन मानियो ...