रुकुमपूर्व– रुकुमपूर्वमा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पुर्याउन सहज भएको छ । जिल्लाको भूमे गाउँपालिका–४ र ८ मा बनाइएको रोपवेले स्थानीय किसानलाई सहज बनाएको हो । विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरि लाग्ने गरेकामा रोपवेका कारण अचेल किसानको आधाभन्दा बढी समय बचत हुने गरेको छ । अहिले भूमे […]
हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउँदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरू हाते ट्याक्टरप्रति आकर्षित भएका हुन् । पछिल्लो समय खेत जोत्ने लगायतको काममा आधुनिक कृषियन्त्र (हाते ट्याक्टर)को प्रयोग गर्न थालेका छन् । गोरुले जोत्नुभन्दा हाते ट्याक्टरले खेत जोत्न छिटो तथा […]
सिन्धुली । सिन्धुलीमा ३ वटा मुख्य राजमार्ग निर्माण भएसँगै स्थानीय उत्पादनको बिक्री वितरण गर्न किसानलाई सहज भएकाे छ । वीपी, मदन भण्डारी र पुष्पलाल मध्यपहाडी राजमागको निर्माणसँगै सिन्धुलीका ग्रामीण क्षेत्रका स्थानीय उत्पादनले बजार पाउन थालेको हो । राजमार्गको कारणले किसानले उत्पादन गरेका कृषि जन्य पदार्थ बिक्रीका लागि किसान र स्थानीय व्यापारी राजमार्गलाई व्यापारको केन्द्र बनाउन […]
वालिङ- स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ । माटो परीक्षणका लागि पोखरालगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटाउँदै नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिने र उर्वराशक्तिलाई जोगाई राख्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने छ । “पछिल्लो समय […]
वालिङ, १७ फागुन: स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ । माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटाउँदै नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिने र उर्वराशक्तिलाई जोगाई राख्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने […]
जुम्ला । जुम्लाको तिला गाउँपालिका–२ लिही र लर्मीगाउँका बासिन्दाको सहजताका लागि ग्रामीण बाटो निर्माण गरिएको छ । दुई गाउँ जोड्ने बाटो निर्माण भएपछि यहाँका स्थानीयवासीलाई आवतजावत गर्न र कृषि उपज बजारसम्म लैजान सहज भएको स्थानीयवासी जयबहादुर रोकायाले बताए ।
बाटो निर्माणपछि पशुचौपायादेखि स्थानीयवासीले उत्पादन गरेको स्याउ, सिमी र तरकारी बजारसम्म लैजान सहज भएको वडाध्यक्ष कलिबहादुर रावतले बताए । लिहीबाट लर्मीगाउँसम्म १० हजार ५० मिटर ग्रामीण बाटो निर्माण भएको उनले जानकारी दिए ।
कृषि उपजलाई बजारसम्म पुर्याउन समस्या भएकाले सोे बाटो निर्माण गरिएको वडाध्यक्ष रावतले बताए । बाटो निर्माण भएपछि लिही र लर्मीगाउँका नागरिकलाई आवतजावतमा सहज भएको हो । मानिसको मृत्यु हुँदा मलामी जान, विवाहमा जन्ती जान र अस्पतालसम्म बिरामीलाई स्टे«चरमा राखेर लैजान बाटोको समस्याले सकस भएको थियो । स्थानीयवासीको सो गुनासोपछि गैरसरकारी संस्था पेस नेपाल जुम्लाको सहकार्यमा सो बाटो निर्माण गरिएको वडाध्यक्ष रावतले जानकारी दिए ।
गाउँमा उत्पादन भएका स्याउ, सिमी, आलु र फापरलगायत रैथाने बाली बाटोकै समस्याले किसानले बिक्री गर्न पाएका थिएनन् । भारी बोकेर हिँड्ने बाटो नहुँदा लर्मीगाउँका किसानले उत्पादन गरेको बाली उचित मूल्यमा विक्री नगरी थन्क्याउनुपर्ने बाध्यता थियो । अहिले बाटो निर्माण भएकाले सहजै रारा बजारमा किसानले स्थानीय उपज विक्री गर्न ल्याउन सहज भएको अर्का स्थानीयवासी कर्ण रावतले बताए ।
बाटो फराकिलो भएपछि दुई गाउँका बासिन्दालाई आवतजावत गर्न र गाउँमा उत्पादन भएका कृषि वस्तुको बजारीकरणमा सजिलो भएको वडाका स्याउ किसान बताउँछन् । अनुकूलन कोष, वन तथा वातावारण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको सहयोगमा पेस नेपाल जुम्ला शाखाद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजना अन्तर्गत सो ग्रामीण बाटो निर्माण गरिएको उक्त शाखाले बताएको छ । रासस
झापा – झापा खेतीका लागि उपयुक्त जिल्ला मानिन्छ । धान खेतीका लागि त झापा प्रदेश १ उत्कृष्ट जिल्ला हो । झापामा वर्षमा दुई बाली धानसँगै अन्य खेती पनि हुने गरेको छ । विगतमा सिँचाइ अभावले हिउँदमा दक्षिणी क्षेत्रका किसानलाई खेतीका लागि निकै समस्या हुने गरेको थियो । तर, जिल्लामा सिँचाइको व्यवस्था क्रमशः हुन थालेपछि किसानलाई […]
पर्वत । हिउँदमा गाडी चल्ने तर, बर्खामा बन्द हुँदा पर्वत जलजलाका किसानको उत्पादन बारीमा कुहिन्थ्यो । अहिले भने यो समस्या हटेको छ । मौसमी तथा बेमौसमी तरकारी फलाउने किसानले उत्पादन बजारीकरण गर्न कृषि बजार सञ्चालन गरेपछि सहज भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला जोन, तरकारी पकेट क्षेत्र तथा विभिन्न बालीका ब्लक कार्यक्रम सञ्चालन भएको जलजला पर्वतकै सबैभन्दा बढी व्यावसायिक किसान रहेको पालिका हो । जलजलाका धाइरिङ, नाग्लीवाङ, शालिजा, लेखफाँट, मल्लाज जस्ता गाउँमा बाह्रै महिना तरकारीखेती हुने गरेको छ । तर अनेक सकस झेलेर तरकारी र फलफूल उत्पादन गर्ने किसानले त्यसअनुसारको प्रतिफल पाउन सकेका थिएनन् । आफूले उत्पादन गरेको वस्तुबाट बिचौलिया लाभान्वित भइरहेको महसुस गरेपछि किसानले आफै बजार सञ्चालन गरेका हुन् ।
गत वर्षअघि शुरू गरेको ‘जलजला कृषि बजार’मा अहिलेसम्म ४ सय किसान जोडिइसकेका छन् । राजु आचार्यको नेतृत्वमा प्रदेश सरकार, स्थानीय सरकार र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा सञ्चालन गरिएको कृषि बजार स्थानीय किसानको सहभागितामा सञ्चालनमा छ । एक जना किसानले १० हजार रुपैयाँका दरले लगानी गरेर शुरू गरेको कृषि बजारमा १० जना कर्मचारी कार्यरत छन् भने कृषि उपजको संकलन र विक्रीका लागि दुईओटा गाडी खरिद गरिएको छ ।
हरेक दिन कृषि उपज संकलन गर्न गाडी किसानको बारीसम्मै पुग्छ । वडा–७ को मिलनचोकमा कृषि उपजको संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । करिब १० रोपनी जग्गा भाडामा लिएर कृषि बजारका लागि तरकारी, फलफूल, अन्न, कुखुरा, खसीबोकालगायत संकलन तथा भण्डारणको व्यवस्था गरिएको छ । केन्द्रमै थोक तथा खुद्रा विक्रीका लागि मासु तथा तरकारी पसलसमेत सञ्चालनमा छन् ।
कृषि बजार सञ्चालक समितिका अध्यक्ष आचार्यका अनुसार केन्द्रमा संकलित तरकारी बजारसम्म पु¥याउने काम पनि समूहले नै गर्दै आएको छ । किसानले गाउँमा उत्पादन गरेको कृषि उपज, पशुजन्य उत्पादन नजिकको संकलन केन्द्रमा पु¥याउँछन् । संकलन केन्द्रमा कृषि बजारको गाडी गएर बजारसम्म ल्याउँछ । किसानले पठाएको वस्तुको रकम कृषि बजारले तिर्ने गरेको छ ।
विक्री केन्द्रबाट मात्रै दैनिक ६० हजार रुपैयाँसम्मको कारोबार हुँदै आएको छ । बिचौलियाको मारमा परेका किसान र उपभोक्तालाई राहत दिन शुरू गरेको कृषि बजारले सफलता पाउँदै गएको उपभोक्ता बताउँछन् । कृषि बजारको क्षमता बढाएर यहाँको उत्पादन पोखरा, काठमाडौं, बुटवलसम्म लैजाने तयारीमा रहेको कृषि बजार सञ्चालक समितिले बताएको छ ।
मंसिर २०, पर्वत । पर्वतको जलजलाका किसानले आँफै कृषि बजार सञ्चालन गरेपछि जिवनयापन सहज भएको छ । मौसमी तथा बेमौसमी तरकारी फलाउने किसानले उत्पादन बजारीकरण गर्न कृषि बजार सञ्चालन गरेपछि दैनिकी सहज भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला जोन, तरकारी पकेट क्षेत्र तथा विभिन्न वालीका व्लक कार्यक्रम सञ्चालन भएको जलजला पर्वत जिल्लाकै सबैभन्दा बढि व्यावसायिक किसान रहेको पालिका हो । यहाँको धाईरिङ, नाग्लीवाङ, शालिजा, लेखफाँट, मल्लाज जस्ता गाउँमा बाह्रै महीना तरकारी खेती हुने गरेको छ ।
तर अनेक सकस झेलेर तरकारी र फलफूल उत्पादन गर्ने किसानले त्यसअनुसारको प्रतिफल पाउन सकेका थिएनन् । आफूले उत्पादन गरेको वस्तुबाट बिचौलिया लाभान्वित भइरहेको महसुस गरेपछि किसानले आँफै बजार सञ्चालन गरेका हुन् ।
गत वर्षअघि शुरु गरेको ‘जलजला कृषि बजार’ मा अहिलेसम्म ४०० किसान जोडिइ सकेका छन् । राजु आचार्यको नेतृत्वमा प्रदेश सरकार, स्थानीय सरकार र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा सञ्चालन गरिएको कृषि बजार स्थानीय किसानको सहभागितामा सञ्चालनमा छ ।
एक जना किसानले १० हजार रुपैयाँले लगानी गरेर शुरु गरेको कृषि बजारमा १० जना कर्मचारी कार्यरत छन् भने कृषि उपजको संकलन र विक्रीका लागि २ ओटा गाडी खरीद गरिएको छ ।
हरेक दिन कृषि उपज संकलन गर्न गाडी किसानको बारीसम्मै पुग्छ । वडा–७ को मिलनचोकमा कृषि उपजको संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । करीब १० रोपनी जग्गा भाडामा लिएर कृषि बजारका लागि तरकारी, फलफूल, अन्न, कुखुरा, खसीबोकालगायत संकलन तथा भण्डारणको व्यवस्था गरिएको छ । केन्द्रमै थोक तथा खुद्रा विक्रीका लागि मासु तथा तरकारी पसलसमेत सञ्चालनमा छन् ।
कृषि बजार सञ्चालक समितिका अध्यक्ष राजु आचार्यका अनुसार केन्द्रमा संकलित तरकारी बजारसम्म पु¥याउने काम पनि समूहले नै गर्दै आएको छ । ‘ कोरोनाका कारण गतवर्ष ४० लाखको काउली बारीमै कुहियो,’ सल्यान गाउँका एकनारायण पौडेलले भने,‘ त्यतिबेलै देखि कृषि बजार सञ्चालन गर्ने सोच बनाएका हौँ ।’ बजार नहुँदा डोकोमा बोकेर बजार धाउनुपर्ने अवस्था अहिले हटेको र किसानले राम्रो प्रतिफल पाएको पौडेलले बताए ।
किसानले गाउँमा उत्पादन गरेको कृषि उपज, पशुजन्य उत्पादन नजिकको संकलन केन्द्रमा पु¥याउँछन् । संकलन केन्द्रमा कृषि बजारको सवारी गएर बजारसम्म ल्याउँछ । किसानहरुले पठाएको वस्तुको रकम कृषि बजारले तिर्ने गरेको छ ।
तरकारी मात्रै नभएर दूध, दही, घिउ, फलफूल, दलहन, तेलहन, अदुवा, बेसार लगायतको पनि समूहले विक्री गर्दै आएको छ । ‘बजारमा बिचौलियाले फाईदा लिने गर्थे,’ स्थानीय कोमल आचार्यले भने, ‘अहिले आँफै मोलतोल गरेर बेच्न पाईएको छ । बजार खोलेपछि धेरै सुविधा भएको छ ।’ दैनिकजसो बारीमै पुगेर तरकारी संकलन गर्दा आफूहरूको समय र रकम दुवै बचत भएको उनको भनाइ छ ।
कृषि बजारमा संकलित तरकारी विक्री गर्न गत वर्षदेखि म्याग्दीको बेनी र पर्वतकै मिलनचोकमा छुट्टाछुट्टै विक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । केही महीनाभित्रै पर्वत सदरमुकाम कुश्मा, मुस्ताङको जोमसोम, बागलुङ बजार र पोखरामा समेत विक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष आचार्यले बताए । यसै वर्षदेखि पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका ग्रामीण क्षेत्रमा उत्पादित टिमुर, सिल्टिमुर, लप्सीलगायत फसलसमेत संकलन गरी बिक्री थाल्ने तयारीमा समूह छ ।
विक्री केन्द्रबाट मात्रै दैनिक ६० हजार रुपैयाँसम्मको कारोबार हुँदै आएको छ । बिचौलियाको मारमा परेका किसान र उपभोक्तालाई राहत दिन शुरु गरेको कृषि बजारले सफलता पाउँदै गएको उपभोक्ता बताउँछन् । बाहिर बजारमाभन्दा जलजला कृषि बजारमा हरेक वस्तु १०/२० रुपैयाँ सस्तो पाइन्छ ।
उपभोक्ताहरुले पनि सस्तो र ताजा तरकारी किनेर खान पाएका छन् । कृषि बजारको क्षमता बढाएर यहाँको उत्पादन पोखरा, काठमाडौं तथा बुटवलसम्म लैजाने तयारीमा रहेको कृषि बजार सञ्चालक समितिले जानकारी दिएको छ । जलजलाको सुन्तला बाहेक अरु उपज स्थानीय स्तरमा मात्रै बजारीकरण हुँदै आएको छ । किसानको माग अनुसार उत्पादन देशभरि विक्री गर्ने गरि संयन्त्र निर्माणको चरणमा रहेको अध्यक्ष आचार्यले बताए ।