प्रदेश योजना आयोग लुम्बिनीको उपाध्यक्षमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले उपाध्यक्षमा अर्यालसहित अन्य तिन सदस्य पनि नियुक्त गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ । गत चैत्र २७ गतेबाट आयोग पदाधिकारीविहीन बनेको हो । कर्णालीको सरकार फेरबदलले आयोग पदाधिकारीविहीन बन्न पुगेको हो ।
वाग्मती प्रदेश सरकारले प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसेलाई नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले ललितपुर निवासी चालिसेलाई उपाध्यक्षमा नियुक्त गरेको मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली कार्यक्रममा विज्ञका रुपमा कार्यरत छन् । चालिसेले […]
सात प्रदेशका नीति तथा योजना आयोग र प्रदेश/स्थानीय तहका जनप्रतिनिधिहरूले नेपालको आर्थिक वर्ष वैशाखदेखि नै शुरू हुनुपर्ने निष्कर्ष निकालेका छन् । हाल नेपालमा साउनदेखि आर्थिक वर्ष शुरू हुने गरेको छ । प्रदेश आयोग र जनप्रतिनिधिहरूले हाल अभ्यासमा रहेको आर्थिक वर्ष अवैज्ञानिक रहेकाले नेपाली क्यालेन्डरअनुसार वैशाखदेखि नै शुरू हुनुपर्ने निचोड निकालेका हुन् । प्रदेश आयोगहरू र जनप्रतिनिधिका छाता संस्थाका प्रतिनिधिहरू सोमबारदेखि काठमाडौंमा ‘संघीय संरचनामा तहगत सरकारका योजना तर
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरबन्दीहरुलाई २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।...
कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले आयोगको सदस्यबाट राजीनामा दिएका छन्। उनले असोज १ गते नै राजीनामा पठाएको भए पनि बीचमा सार्वजनिक विदा परेकाले सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाइएको छ।
काठमाडौँ । कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । शाहीले सोमबार (आज) मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् । पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यवहारिक समस्याका कारण कर्णाली प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिएको उनले जानकारी दिए । उनले प्रदेश सरकार र योजना आयोगले आवश्यक ठानेमा आफू नीति […]
बुटवल : लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे चयन भएका छन्। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई उपाध्यक्षमा चयन गरेको हो।क्षेत्री माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। आयोगको २ मनोनीत सदस्यमा गुल्मी मुसीकोटका दामोदर भुसाल र कृष्णनगर कपिलवस्तुका शिवपूजन यादव चयन भएको लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए।बैठकले ३ सदस्यीय प्रदेश पदक सिफारिस समिति पनि गठन गरेको छ। जसको सदस्यमा कपिलवस्तुका बर्मानन्द उपाध्याय, रुकुमकी दि
सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले योजना तर्जुमा दिग्दर्शन तयार गरिरहेको छ ।आयोगका उपाध्यक्ष केशरबहादुर साउदले आयोगले दिग्दर्शन तयार हुने चरणमा पुगेको बताए । प्रदेश योजना अयोगले योजना तर्जुमा किताबलाई केही दिनमै अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयारी गरेको उनले बताए । सो क्रममा आयोगले योजना तर्जुमा दिग्दर्शनमा समेट्नका लागि सरोकारवालाहरुको सुझाव संकलन गरेको छ […]
सुर्खेत – कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश योजना आयोग गठन भएको छ ।
सोमबार सम्पन्न मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश २०७५ स्वीकृत गरेसँगै मुख्यमन्त्री शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गरिएको हो ।
योजना आयोगको अध्यक्षमा कृषि क्षेत्रका विज्ञ...