लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा अर्याल नियुक्त
प्रदेश योजना आयोग लुम्बिनीको उपाध्यक्षमा डिल्लीराज अर्याल नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको बैठकले उपाध्यक्षमा अर्यालसहित अन्य तिन सदस्य पनि नियुक्त गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा नियुक्त भएका कपिलवस्तुका सरोज खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले आइतबार देउखुरीमा शपथ गराएपछि खनालले पदभार ग्रहण गरेका हुन् ।
तम्घास – प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । सामेबार गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई नैतिक समर्थन गर्दै भुसालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति भइसकेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग […]
२३ असोज, गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई टक्कर दिँदै नेपाली कांग्रेसका डा.दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय सभापति समेत रहेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग सदस्य थिए । उनलाई नेपाली कांग्रेस क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि उम्मेदवारी सिफारिस गरेको थियो […]
भैरहवा– सुगम जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको रूपन्देहीको मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने भएको छ । २०३० सालमा स्थापित कोटहीमाई ५ मझगावामा रहेको विद्यालयको संरचनाहरू जीर्ण हुँदै गएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा लुम्बिनी प्रदेश योजना आयोग मार्फत बहुवर्षीय योजनाबाट शैक्षिक भवन बन्न लागेको हो । भौतिक संरचना र पूर्वाधारमा धेरै कमी रहेको पाइएपछि […]
बुटवल : लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे चयन भएका छन्। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई उपाध्यक्षमा चयन गरेको हो।क्षेत्री माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। आयोगको २ मनोनीत सदस्यमा गुल्मी मुसीकोटका दामोदर भुसाल र कृष्णनगर कपिलवस्तुका शिवपूजन यादव चयन भएको लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए।बैठकले ३ सदस्यीय प्रदेश पदक सिफारिस समिति पनि गठन गरेको छ। जसको सदस्यमा कपिलवस्तुका बर्मानन्द उपाध्याय, रुकुमकी दि