नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले हेटौंडाको शैक्षिक क्षेत्रको विकासको लागि उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाएका छन् ।बिहीबार ‘विद्यार्थीसँग मेयर र उपमेयरका उम्मेदवार’ कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयरकी उम्मेदवार सुमित्रा काफ्लेले आफूहरू निर्वाचित भएपछि हेटौंडामा प्राविधिक तर्फ उच्च शिक्षासहित विश्वविद्यालय निर्माण गर्ने काममा पहल गरिने बताएका हुन् । नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरको सहजीकरणमा भएको कार्यक्रममा मेयर