संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलगायत देशभरका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित सुदूरपश्चिम पर्यटन साइकल यात्रा–२०७८ को समापन समारोहमा उनले धार्मिक तथा पर्यटकीय हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना रहेकाले यहाँको विकासका लागि अहोरात्र खटिने विश्वास दिलाए । उनले भने, “सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न सके आर्थिक प्रगति ग