डोटी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमलगायत देशभरिमा रहेका पर्यटकीय क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभएको छ ।
डोटीको जोरायल गाउँपालिका २ बुडरमा आज सोमवार आयोजना गरिएको सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ को समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री आलेले धार्मिक तथा पर्यटकीय क्षेत्रका हिसाबले सुदूरपश्चिममा धेरै सम्भावना भएको र यहाँका पर्यटकीय, धार्मिक क्षेत्रको विकासका लागि अहोरात्र खटिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुदूरपश्चिमका धा...