मकवानपुर – वाग्मती प्रदेश सरकारले एकै पटक चार सय कर्मचारीको सरुवा गरेको छ । प्रदेशको मुख्यमन्त्री कार्यालय र अरू सबै मन्त्रालय गरेर चार सय कर्मचारीको सरुवा गरिएको हो । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबैभन्दा धेरै एक सय २० कर्मचारीको एकै पटक सरुवा गरेको मुख्यमन्त्री राजेन्द्र पाण्डेका निजी सचिव अच्युत लामिछानेले जानकारी दिनुभयो । अन्तर मन्त्रालयमा गरिने सरुवा मात्र मुख्यमन्त्री कार्यालयले गरेको हो । अरू मन्त्रालयले आफ्ना मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी सरुवा गरेको लामिछानेले बताउनुभयो । मन्त्री...