प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्रका आईजीपी राजु अर्याललाई बालुवाटारमा बोलाए । सरकारी निवासमा बोलाएर प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा सुरक्षा प्रमुखहरुलाई धन्यवाद दिएका छन् ।मंसिर ४ मा सम्पन्न निर्वाचन सफल पार्न भूमिका निभाएका सकल दर्जालाई प्रधानमन्त्रीले आफ्नो तर्फबाट धन्यवाद र ‘बधाई’ सुनाइदिन आग्रह गरेका छन् । बालुवाटार स्रोतका अनुसार निर्वाचन सुरक्षा र निर्वाचन पछिको अवस्थाबारे