३१ साउन, काठमाडौं । गठबन्धन सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा ‘परराष्ट्र सम्बन्ध सञ्चालनमा राष्ट्रिय सहमति कायम गर्ने’ उल्लेख छ । यस बाहेक ‘भूपरिवेष्ठित देशको अधिकार सुनिश्चित गर्ने, ठूला र साना देशहरूबीच सार्वभौम समानताको आधारमा व्यवहार हुने र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिको पक्षपोषण गर्ने’ लगायतका परराष्ट्र नीतिसँग सम्बन्धित विभिन्न विषय समावेश छ । […]