रुसमाथि युक्रेनको अन्न चोरेर विदेशमा बेचेको आरोप

मस्को । रुसी राष्ट्रिय ध्वजावाहक धेरै जहाजलाई युक्रेनी अन्न विदेशमा ओसार्दै गरेको देखिएको बताइएको छ । आफ्नो मुलुकमाथि पश्चिमी मुलुकहरुले लगाउँदै आएका नाकाबन्दीहरु हटाउन दवाव दिने उद्देश्यले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निरन्तर विश्वव्यापी भोकमरी समस्या सिर्जना गर्ने धम्की दिंदै आएका छन् ।  खाद्यान्नलाई लिएर विश्वलाई बन्धक बनाउँदै यसरी युक्रेनबाट चोरीका अन्न...

सम्बन्धित सामग्री

विश्व बैंकले सन् २०२२ को विश्वव्यापी वृद्धि प्रक्षेपण २ दशमलव ९ प्रतिशतमा घटायो

विश्व बैंकले विश्वव्यापी अर्थतन्त्रको वृद्धि अनुमान २ दशमलव ९ प्रतिशतमा घटाएको छ । जुन जनवरीको प्रक्षेपणभन्दा १ दशमलव २ प्रतिशतले कम रहेको छ । रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव पारेको विश्व बैंकले जनाएको छ । युक्रेनमा रुसको आक्रमण र रुसमाथि पश्चिमा देशको प्रतिबन्धले अन्न र तेलको मूल्य विश्वव्यापी रूपमा बढेको छ । विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनमा दुई देशको युद्धसँगै चीनमा भएको लकडाउन, आपूर्ति–शृङ्खलामा देखिएको अवरोध र मुद्रास्फीतिको जोखिमले आर्थिक वृद्धिलाई जटिल ब...

रुसले लाखौँ टन अन्न चोरी गरेको युक्रेनी उप कृषिमन्त्रीको आरोप

काठमाडौं– रुसमाथि युक्रेनबाट ठूलो परिमाणमा अन्न चोरेको आरोप लागेको छ । युक्रेनी उप कृषिमन्त्रीले रुसी फौजको कब्जामा रहेका युक्रेनी भूभागबाट रुसले लाखौँ टन अन्न चोरेको आरोप लगाएका हुन् । युक्रेनको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीका क्रममा उप कृषिमन्त्री तरास भिसोत्स्कीले रुसी फौजको कब्जामा रहेका युक्रेनी भूभागमा १५ लाख टन अन्न मौज्दात रहेकोमा रुसी फौजले लाखौँ टन अन्न […]

रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले 'रुसको अर्थतन्त्रको मुख्य धमनी' लाई नै प्रहार गर्ने बताएका छन्।ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ। यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्।म्याकडोनल्डस् र कोका-कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन्।रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा 'विध्वंसक' नतिजा ल्याउने चेतावनी दिएको थियो।उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ। द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ।युद्ध भइरहेको युक्रेनमा आक्रमणमा परेका दुईवटा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकालिएको छ। अमेरिकाले हालसम्म ४,००० रुसी सैनिक मारिएको हुनसक्ने बताएको छ।अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो।बाइडनले भने, 'हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।''यसको अर्थ अब रुसी तेल अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनलाई अर्को शक्तिशाली प्रहार गर्नेछन्।'उनले यो कदम 'देशभित्र असर पर्ने' मूल्यमा नै चालिएको र साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए। उस्तै शैलीमा ब्रिटेनले पनि सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको आयात बन्द गर्ने भएको छ।प्रधानमन्त्री बोरिस जोन्सनले यो कदमले रुसलाई तुरुन्तै असर गर्ने छैन भनेर स्वीकारेका छन्। तर उनले भने 'यसले के गर्छ भने रुसमाथि दबाव थपिनेछ जुन हामीले अहिले रुसमा देखिरहेका छौँ।'अमेरिकी तेल र प्रशोधित उत्पादन आयातको लगभग ८ प्रतिशत रुसबाट आयात हुन्छ रुसले ब्रिटिश तेल आयातको लगभग ६ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ।तर ईयू भने रुसी ऊर्जामा धेरै नै निर्भर छ। त्यसैले ईयूले तत्कालै प्रतिबन्ध लगाउने कडा कदम चाल्न सकेको छैन।युरोपेली आयोगले 'सन् २०३० भन्दा पहिले' रुसी जीवाश्म इन्धनबाट युरोपलाई मुक्त बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा आपूर्तिमा रूपान्तरण गर्ने र त्यो कमीलाई पूरा गर्न वातावरणमैत्री ऊर्जालाई तीव्र विस्तार गर्ने बताएको छ।अमेरिकी र युरोपेली प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि केही वस्तु र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ।तर त्यसको विस्तृत विवरण आउन अझै बाँकी छ। यद्यपि रुस अन्न र धातुको प्रमुख निर्याकर्तामध्ये पर्छ। -बिबिसीबाट

रुसमाथि प्रतिबन्ध र दबाब बढेसँगै तेल बजार तरङ्गित

फागुन १६, काठमाडौं । विश्व बजारमा सोमवार कच्चा तेलको भाउ बढेको छ । पश्चिमी देशहरुले रुसमाथि एक पछि अर्को गर्दै प्रतिबन्ध कसिलो बनाउँदै गएको  र केही रुसी बैंकहरुलाई विश्वव्यापी भुक्तानी प्रणालीमा बन्देज लगाएपछि तेलको भाउले टेवा पाएको हो ।  सोमवार बिहानी कारोबारमा लन्डन स्थित आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०५ डलर शून्य ७ सेन्टसम्म उक्लिएको थियो । यो सामाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ५ बजेतिर ब्रेन्टको भाउ प्रतिब्यारेल ५ दशमलव शून्य ८ प्रतिशतले बढेर १०२ डलर ९० सेन्ट कायम भएको थियो ।  बिहानी कारोबारमा न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ ९९ डलर १ सेन्टसम्म पुगेको थियो । यो सामाचार तयार पार्दाखेरि डब्ल्यूटीआई प्रतिब्यारेल ४ दशमलव ९५ प्रतिशतले बढेर ९६ डलर ३८ सेन्ट कायम भएको थियो ।  केही रुसी बैंकहरुलाई स्वीफ्ट प्रणालीबाट हटाउने अमेरिका र यूरोपको कदमले निकट भविष्यमा आपूर्तिमा केही खालको अवरोध हुने आशंका बढेको बताउँछन्, एएनजेडका कमोडिटी रणनीतिज्ञ डेनियल हायन्स । आपूर्तिमा खतरा केही समय निकै धेरै रहने यो बजारमा आपूर्ति कसिलो भएको समयमा भएकोले पनि भाउ बढ्ने उनको भनाइ छ । पश्चिमी देशहरुले रुसमाथि कठोर प्रतिबन्धहरुको घोषणा गरेपछि रुसले तेल देखि अन्न सम्म सबै कमोडिटिजको निर्यातमा चरम अवरोधको सामना गरेको छ । केही रुसी बैंकहरुलाई स्वीफ्ट अन्तरराष्ट्रिय भुक्तानी प्रणालीबाट बहिस्कार गरिएको छ । विश्वको तेल आपूर्तिमा रुसी तेलको अनुपात करीब १० प्रतिशत छ । यसअघिको प्रतिब्यारेल ९५ डलरबाट बढाएर गोल्डम्यान श्याख्सले ब्रेन्ट क्रुडको एक महीनाको मूल्य प्रक्षेपण ११५ ब्यारेलमा पुर्‍याएको छ ।  रुस प्रमुख उत्पादक भएको कमोडिटिजहरुको भाउ बढ्ने अपेक्षा गरिएको बैंकले बताएको छ । रुसले पछिल्लो समय युक्रेनमाथि जताततैबाट आक्रमण गरिरहेको छ । बेलारुसको सीमामा वार्ता गर्न सोमबार युक्रेनी अधिकारीहरु आइपुगेका छन् । दुई देश बीच वार्ता सफल भयो र आक्रमण स्थगित गर्न दुबै पक्ष तयार भए अनि रुसी सेनाहरु फिर्ता गए भने चाँही शेयर बढ्ने, डलरको भाउ उक्लिने र तेलको भाउमा कमी आउन सक्ने बताउँछन्, ओन्डाका विश्लेषक जेफ्री हेली ।  सोमवार एशियाली शेयर बजार मिश्रीत देखिएका छन् । बजार बन्द हुँदा चीनमा शाङहाई काम्पोजिट शून्य दशमलव ३२ प्रतिशतले बढेको थियो । शेन्चन कम्पोनेन्ट पनि सोही स्तरमा बढेको थियो । हङकङमा भने हाङशेङ शून्य दशमलव २४ प्रतिशत तल आएर बन्द भएको थियो । जापानमा निक्केई २२५ परिसूचक शून्य दशलमव १९ प्रतिशत माथि आएर बन्द भयो । ताइवान, दक्षिण कोरिया, सिंगापुर र भारतीय बजार पनि हरियोमा आएर बन्द भएको थियो । इन्डोनेशियामा बजार बन्द थियो भने थाइल्यान्डमा शेयर परिसूचक रातोमा आएर बन्द भएको थियो । यूरोपमा पनि बेलायत, फ्रान्स र जर्मनीमा शेयर बजार रातोमा थिए । यो समाचार तयार पार्दाखेरि बेलायतमा फुट्सी १ दशमलव शून्य ४ प्रतिशतले घटेको थियो । फ्रान्समा क्याक ४० ले २ दशमलव ७५ प्रतिशतको कमी बेहोर्दा जर्मनीमा डीएएक्स २ दशमलव ३२ प्रतिशतले घटेको थियो । एजेन्सीहरुको सहयोगमा