काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको मतदान आज हुने भएको छ । बैशाख ३० गते हुन नसके निर्वाचन जेठ ३ गते अर्थात...
बाजुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थगित भएको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ मतदानस्थलमा शनिबार पुन: मतदान गराउँदै छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मतदानको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘बिहीबार...
गुल्मी - गुल्मीको क्षेत्र नं १ अन्तर्गत कालीगण्डकी गाउँपालिका-२ अर्बेनीमा रहेकाे भगवती माध्यमिक विद्यालयकाे 'क' र 'ख' केन्द्रमा स्थगित भएकाे मतदान आज पुन: सुरु भएकाे छ।
मतदान प्रक्रिया चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि चुनावी प्रक्रिया स्थगित भएको थियाे ।
मतदान केन्द्रमा फेरि मतदानका लागि थप सुरक्षाकर्मीहरूसहित मतदान अधिकृत र कर्मचारीहरूसहितकाे टाेली सदरमुकामबाट हिजै मतदान स्थलमा पुगेकाे थियाे। मतदान स्थलमा सुर...
नवलपुर- नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ । आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने बताए । स्थगित मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ […]
काठमाडौं, असार २३। बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन आज हुने भएको छ । अहिले बिहान ७ बजेदेखि हुने मतदानका लागि आवश्यक सुरक्षा व्यवस्थामा कडा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी बताए । निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको उनले बताए । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा […]
अछामको साँफेबगरमा आज शुक्रबार मतदान हुने भएको छ । यसअघि ३० वैशाखमा स्थगित भएको मतदान आज बिहानदेखि हुन लागेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको मतदानको बारेमा भने निर्णय भइसकेको छैन ।यसअघि ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका बाहेक देशभरका मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको थियो ।तर, मतदानको क्रममा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्
काठमाडौं : अछामको साँफेबगरमा आज मतदान हुने भएको छ।यसअघि ३० वैशाखमा स्थगित भएको मतदान आज बिहानदेखि हुन लागेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको मतदानको बारेमा भने निर्णय भइसकेको छैन।यसअघि ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका– १७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका बाहेक देशभरका मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको थियो।तर, मतदानको क्रममा राजनीतिक दल तथा उम्मेदवारबीच वि
काठमाडौँ । वैशाख ३० गते मतदान स्थगित भएका विभिन्न १५ ठाउँमा आज मतदान हुने भएको छ। गण्डकी, कर्णाली र मधेशका विभिन्न स्थानमा आज मतदान हुन लागेको हो। तनहुँको व्यास नगरपालिका वडा नम्बर ४, हुम्लाको चंखेली नगरपालिका वडा नम्बर २, बाराको पचरौता नगरपालिका नेरा प्रावि वडा नम्बर २, श्रीनगर प्रावि र पचौतारा वडा नम्बर ४ मा […]
सर्लाही, जेठ ३ । गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ । मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यलयका अनुसार निर्वाचन आयोगले गरेको निर्णयअनुसार उक्त वडामा पुनः मतदान गरिएको हो । आयोगको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यलयले मंगलवार बिहान ७ बजे देखी […]
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न ६ का ३ वटा मतदान केन्द्रमा आज मतदान भईरहेको छ । बैशाख ३० गते स्थगित भएको मतदान आज बिहान ७ बजेबाट सुरु भएको जिल्ला निर्वाचन कार्यलय धनकुटाले जनाएको छ । मतदान स्थलमा नेपाल प्रहरी, सशत्र प्रहरी र बाहिरी सुरक्षाका लागि नेपाली सेना समेतलाई परिचालन गर्ने गरि सुरक्षा व्यवस्था […]
जुम्लाको गुठीचौर गाउँपालिका गज्यांकोटस्थित शंकर बहुद्देश्य माध्यमिक बिद्यालयको मतदान केन्द्रमा आज मतदान भइरहेको छ । नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीबीच झडप हुँदा वैशाख ३० गतेको मतदान स्थगित भएको थियो ।मतदानमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी गणपति चित्रांगत दाहाल, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहितको सुरक्षा टिम खटिएको प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंले राटोपाटीलाई जानकारी दिइन् । कार्यकर्ताबीचको झडपमा सहा