नेपाल समाचारपत्र, डडेल्धुरा । अमरगढी नगरपालिका–४ खलंगा निवासी ३४ वर्षीया रेखा ओडको प्रसूति सेवा नपाउँदा मृत्यु भएको छ । आइतबार राति डडेल्धुरा अस्पतालमा प्रसूतिका लागि गएकी उनलाई अस्पतालले प्रसूतिको समय नभएको जानकारी गराएपछि उनी आफ्नो कोठामा फर्किएकी थिइन् । परिवारिक स्रोतकाअनुसार अस्पतालबाट उपचार नपाएर फर्किएकी उनले राति करिव २ बजे घरमै बच्चा जन्मिएकी थिइन् । […]