काठमाण्डाै - सेवाग्राहीले कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् ।
प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागकाे विज्ञप्तिमा उल्लेख छ ।
अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका विभागले जनाएकाे छ । विभागका अनुसार सेवाग्राहीले याे हप्त...