लाइसेन्सको अनलाइन आवेदन व्यावहारिक बनाइँदै

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन प्रणालीलाई थप व्यवस्थित र व्यावहारिक बनाउने तयारी थालेको छ । कोभिड–१९ का कारण पछिल्ला वर्ष लाइसेन्सको आवेदन अनलाइनमा सीमित बन्न थालेपछि सरकारले अनलाइन प्रणालीलाई सुधार गरेर लैजाने तयारी अघि बढाएको हो । यातायात व्यवस्था विभाग महानिर्देशक नमराज घिमिरेले लाइसेन्सको अनलाइन प्रणालीमा सुधार गरेर व्यावहारिक बनाउन लागिएको […] The post लाइसेन्सको अनलाइन आवेदन व्यावहारिक बनाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

मंसिर १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

काठमाडौं : यातायात व्यवस्था विभागले मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गर्ने भएको छ। विभागले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नगरुञ्जेलसम्म अनलाइन आवेदन बन्द रहने जनाएको हो।निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको सूचनामा उल्लेख छ।

मंसिर १ देखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

सरकारले आगामी मंसिर १ देखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताएको छ।

१ मंसिरदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

१८ कात्तिक, काठमाडौं । सरकारले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताएको छ । सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ । ४ मंसिरमा हुने प्रतिनिधिसभा […]

सवारी अनुमतिपत्रका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

काठमाण्डाै – यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । विभागले आज साेमवार सूचना निकालेर नयाँ अनलाइन प्रणाली सुरु गर्न लागेको भन्दै नयाँ तथा वर्ग थपका लागि अहिलेसम्म लिएका सबै अनलाइन आवेदन रद्द गरेको जनाएको हो । अब नयाँ लाइसेन्सका लागि आज बेलुका ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को हप्ताको सोमवारदेखि आवेदन खुला हुने विभागले जनाएको छ । विभागका अनुसार अब applydl.dotm.gov.np मा लग इन गरी नयाँ आवेदन भर्नुपर्ने हुन्छ ।  ...

स्मार्ट लाइसेन्सको अनलाइन आवेदन स्थगित

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सको अनलाइन आवेदन स्थगित गरेको छ । अर्को सूचना प्रकाशन नभएसम्म १ चैतबाट सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए ।  ३०...

भोलिदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द हुने

यातायात व्यवस्था विभागले मंगलबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन बन्द गर्ने भएको छ ।  यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने जानकारी दिएको हो ।  ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली अर्को सूचना प्रकाशित नभएसम्म बन्द हुने विभागले जनाएको छ...

चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

काठमाडौँ– सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि बन्द भएको छ। यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले आवेदन बन्द गरिएको जनाएको छ। प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्। कोरोनाका कारण गत वैशाख १६ गते बन्द भएको आवेदन असोज ८ गते खुलेको थियो।

खुलेकाे दुई दिनमै लाइसेन्सकाे अनलाइन आवेदन बन्द

काठमाडौं : सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द भएको छ। बिहीबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै प्राविधिक समस्या देखिएकाले मर्मत गर्न बन्द भएको जनाएको हो।अनलाइन प्रणाली मर्मत भइरहेको र बनिसकेपछि फेरि अनलाइन आवेदन खोल्ने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए। कोरोनाका कारण बन्द भएको अनलाइन आवेदन मंगलबार खुलेको थियो।नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन बन्द गरेको थियो।

लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं। सवारी चालक अनुमतिको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द भएको छ। यातायात व्यवस्था विभागले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड–१९ महामारीका कारण देखाउँदै अनलाइन आवेदन बन्द गरेको हो। विभागले अर्को सूचना जारी नभएसम्म आवेदन बन्द हुने जनाएको छ।

'ड्राइभिङ' लाइसेन्सको अनलाइन आवेदन बिहीवारदेखि बन्द हुने

काठमाण्डाै – यातायात व्यवस्था विभागले आउँदाे बिहीवारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ । विभागले सूचना निकालेर कोरोना महामारीका कारण वैशाख १६ गते बिहीवारदेखि अर्काे सूचना नआएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्ने जानकारी गराएको हो । गएको वर्ष लकडाउन तथा निषेधाज्ञाले झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको परीक्षा रोकिँदा सेवाग्राहीको चाप बढेको थियो । अहिले अनलाइन आवेदन दिएकाहरूको परीक्षा दिने पालो झण्डै आठ महिनापछि तोक...