महाेत्तरी - उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको बासन्ती छठ पर्व आज सम्पन्न भएको छ ।
चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिँदै पर्व सम्पन्न गरेका हुन् ।
यसअघि गएकाे शुक्रवार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै पर्व सुरु गरेका व्रतालुले शनिवार पञ्चमी तिथिमा दिनभरि निराहार व्रत बसी राति सक्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।
चार दिनको यो पर्वको पहिलो दिन...