काठमाडौं : नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले बहुमत जुटाएको दाबी गरेका छन्।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले १ सय ४९ जना सांसदको हस्ताक्षर संकलन गरेको नेता गगन थापाले जानकारी दिए।
नेताहरु १४९ सांसदको हस्ताक्षर जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुभएको छ, नेता थापाले भने, प्रधानमन्त्री को बन्ने भन्ने विषयमा छलफल जारी छ तर सभापतिज्यूको लाइनबाट कुरा भइरहेकाे छ।'
उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी...