“खनाल-नेपाललाई गाली गरेर विभाजनको पाप पखाल्न खोजिंदैछ”

नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा नेकपा विभाजन हुँदा पुष्पकमल दाहाललाई गाली गरेर पाप ढाक्ने प्रयास भएजस्तै अब एमाले विभाजन गर्न झलनाथ खनाल र माधव नेपाललाई गाली गर्न सुरु गरेको बताउनुभएको छ । भुसालले बुधबार सामाजिक सञ्जाल फेसबुकमा हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप …

सम्बन्धित सामग्री

विकासको बस

देशमा लोकतन्त्र आएर कसलाई के फाइदा भो ? फाइदै भैरहेको छ नि कतिपयलाई । पञ्चायतकालमा अहिलेका नेताहरूलाई घाटा थियो । अहिले फाइदा भैराछ । जनतालाई घाटा भो होला, तर नेता र सरकारहरूलाई त फाइदै फाइदा छ । ती मूर्खहरूको कुनै काम छैन, जो लोकतन्त्र आएर देशलाई के फाइदा भो भनेर रोइलो मात्र गरिरहन्छन् । प्रधानमन्त्रीले मात्र होइन, अर्थमन्त्रीले पनि भनिरहेका छन् कि नेपालको विकासको बस अब तेज गतिमा कुद्छ । हो, विकासको बस ढिला ढाला भए पनि कुद्न चैं कुदिनै रहेको छ । त्यो कहिले बालुवाटारबाट सिंहदरबार, कहिले बालकोट दरबारबाट खुमलटार र कहिले पेरिसडाँडाबाट बालकोट गरिरहेको छ । हाम्रा धर्मशास्त्रहरूमा लेखिएको छ कि जब जब पृथ्वीमा पाप बढ्छ, तब तब धर्तीमा ईश्वरको अवतरण हुन्छ । हाम्रा नेताहरूले सोचे कि अहिले ईश्वरले अवतार लिइरहेका छैनन् । यसको मतलब धर्तीमा पापको कमी भयो । अनि अब के गर्ने त भन्दा पाप बढाउनुपर्‍यो । पाप बढ्यो भने न बल्ल ईश्वरले अवतार लिन्छन् । बिचरा नेताहरूले ईश्वरले अवतार लिऊन् भनेरै मात्र पाप बढाउँदै लगेका हुन् । विष्णुका अवतार आउलान्, आफूलाई मार्लान् र फेरि वैकुण्ठमा जान पाइएला भनेर रावणले सीता हरे जस्तै । चाहे त्यो हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार होस् वा देशद्रोह । वास्तवमा उनीहरूले कुनै गलत काम गरिरहेकै छैनन् । किनकि उनीहरू त दूरदृष्टि राखेर देशका हितका खातिर नै लागिरहेका छन् । त्यसैले तपाईं हामी सबैले नेताहरूका काममा सहयोग गर्नुपर्छ । यसमा अरू माथापच्ची गर्नु जरुरी नै छैन । यो देशमा टेन्सन त यो छ कि जुन कुरामा जनताले तनाव लिनुपर्ने हो, त्यसमा लिइरहेका छैनन् । जुनमा नलिनुपर्ने हो, त्यसमा तनाव लिइरहेका छन् । एकथरी मानिसहरू कालोधन जम्मा भयो, त्यसको खोजी गरौं, अझ कालोधन कमाएर विदेशमा पठाउनेहरूलाई खोजी खोजी कारबाही गरौं भनिरहेका छन् । तर उनीहरूले के बुझेका छैनन् भने धन कालो पनि हुन्न, सेतो पनि हुन्न । धन त धन मात्र हुन्छ । बरु धनको मुख रातो चाहिँ हुन्छ । अझ हाम्रो धर्म, संस्कृति र परम्परा अनुसार त ‘वसुधैव कुटुम्बकम्’ भनेर मानेको छ, अर्थात् विश्व नै एक परिवार हो । यदि विश्व नै एउटै परिवार हो भने धन यहाँ भए पनि उहाँ भए पनि परिवारभित्रै त छ । यसमा कसैले टेन्सन किन लिने ? अर्काथरी मानिसहरू देशमा बेरोजगारी बढेकोमा चिन्ता गर्छन् । बसी बसी खाने मानिसहरू धेरै हुँदै गएपछि बेरोजगारी त बढ्ने नै भयो नि । तर तिनलाई पनि सामाजिक सञ्जालले रोजगारी दिएकै छ त । वास्तवमा मानिसहरू देशमा कामै गर्न चाहँदैनन् । हेर्नुस् त, विहारीहरू नेपाल आएर तरकारी, फलफूल बेच्छन्, कुचो, बस्ने मुडा आदि साइकलमा राखेर बेच्छन्, कपाल काट्ने, प्लम्बिङ आदि काम गर्छन् । निर्माण, कृषि आदि क्षेत्रमा काम उनीहरूले नै धानिरहेका छन् । तर महान् नेपालीहरूले चैं यस्तो सानातिना काम गर्ने कुरै आउँदैन । नेपालीहरू ठूलै सोच्छन् क्या ! विदेशमै काम पाइन्छ भने स्वदेशमा काम किन गर्ने ? अनि विदेश नगए स्वदेशको सरकार कसरी चल्छ ? फेरि देशमा बेरोजगारी बढेन भने विदेश को जाने ? त्यसकारण बेरोजगारी बढेकोमा टेन्सन किन ? यो बेरोजगार हुनु सामान्य कुरा हो नि । काम नभएपछि वा काम नगरेपछि मान्छे बेरोजगार हुन्छ । कुरा स्पष्ट छ । अर्का एकथरी मानिसहरू सरकारी सेवा पाउन जनता लाइनमा खडा हुनुपरेकोमा पनि सरकारलाई गाली गर्छन् । बसी बसी सेवा त कहाँ पाइन्छ त ? सेवा प्राप्त गर्न त लाइनमा खडा हुनैपर्छ नि । लाइनमा खडा हुँदैमा आजसम्म कति नै मरेका छन् र ? आखिर एक दिन त मान्छे लाइनमा खडा नभईकन पनि त मर्छन् । काल आएपछि मान्छे मर्छन्, लाइनमा खडा भएर हैन । यसमा के नयाँ कुरा भो र ? अनलाइन भने पनि ननलाइन भने पनि लाइनमा त बस्नैपर्‍यो नि । कोही भिख मागेर रंगशाला बनाउने लाइनमा छन् । कोही ईख साँधेर मन्त्री, प्रधानमन्त्री बन्ने लाइनमा । कोही देशभित्रै अनेकथरी लाइनमा छन् त कोही विदेश जाने लाइनमा छन् । कोही भने अनलाइनको नाममा ठग्ने लाइनमा छन् । तर सबै सबै कुनै न कुनै लाइनमै छन् । नेपालीहरू त पाएसम्म कोही पनि नेपाल बस्नै चाहन्नन्, त्यसैले त विदेश जाने लाइनमा छन् । किन भनेर सोध्नु होला । किनकि मल्लकालदेखि, शाह, राणा हुँदै अहिलेका दाहालसम्म हामी सबैका पालामा भगवान् समेत उतै अर्थात् विदेशै जान खोज्दा रहेछन् । सीता भारत कुदिन्, भृकुटी तिब्बत । हाम्रा अरनिको चीनतिर कुँदे, बलभद्र लाहुरतिर । यो भिन्दै कुरा हो कि पहिले विदेश पुगेका कतिपय भगवान्हरू अहिले भने केही अमेरिकाबाट, केही बेलायतका म्युजियमबाट नेपालमै फर्किरहेका छन् । केही भगवान् फर्किसकेका छन् त केही फर्किने क्रममा छन् । कोही कोही त यता आएर चन्दा खोज्न थाल्या छन् क्यारे ! यसरी भगवान्हरू स्वदेश फर्किन थालेपछि जनताले अब तनाव लिनुपर्ने कुनै कारणै छैन । भगवान्ले छु मन्तर गरेपछि दुःखका दिन कसो नसकिएलान्, देशले विकासको लय कसो नसमात्ला ? किनकि प्रधानमन्त्रीले मात्र होइन, अर्थमन्त्रीले पनि भनिरहेका छन् कि नेपालको विकासको बस अब तेज गतिमा कुद्छ । हो, विकासको बस ढिला ढाला भए पनि कुद्न चैं कुदिनै रहेको छ । त्यो कहिले बालुवाटारबाट सिंहदरबार, कहिले बालकोट दरबारबाट खुमलटार र कहिले पेरिसडाँडाबाट बालकोट गरिरहेको छ । दिनमा मात्र हो र रातमा समेत कुदिरा पो छ त । यो भिन्दै कुरा हो कि यो बेलाबेलामा बीचबीचमा घ्याच्च घ्याच्च रोकिन्छ, ड्राइभर फेरिन्छ । ड्राइभर ड्राइभरको किचलो हुन्छ । अचम्म त यो छ कि ड्राइभर ड्राइभर कति बेला हात मिलाइसक्छन्, कति बेला खलासी खलासी चाहिँ ङ्यारङ्यार र ङुरङुर गरिरन्छन् थाहै हुन्न । हुन पनि विकासको बाटोमा ढुंगाहरू कहाँ मात्र छैनन् र ? कहिले कुन दल त कहिले कुन दलका बाटामा ढुंगाहरू आइरहेकै छन् । एउटा दलको बाटोेमा ढुंगा आएपछि अरू दलका बाटोमा पनि स्वतः ढुंगाहरू आउँदा रहेछन् । त्यसपछि त देशकै विकासको बाटोमा ढुंगा आइहाल्छ । नत्र देशमा विकासको बस कति छिटो कुद्थ्यो होला कति । तपाईं देशमा विकासको बसको गति कसरी अघि बढिरहेको छ र आगामी दिनमा कसरी अघि बढ्ला भन्ने जान्न साँच्चै उत्सुक हुनुुहुन्छ ? त्यसो भए नेपालको कुनै पनि दलको कार्यालय, सरकारी कार्यालयभित्र गएर हेर्नुस् । नेता र कर्मचारीहरूकोे सोच, क्षमता, इमानदारी परख गर्नुस् । अनि तपाईंले मानेका र ठानेका विकासे विराट अवतारको साक्षात् दर्शन पाउनुहुन्छ ।

घनश्याम भुसाल लेख्छन्–आत्मसमर्पण क्रान्तिकारी गद्दारी हो

काठमाडौं।नेकपा एमालेका नेता घनश्याम भुसालले आत्मसमर्पण क्रान्तिकारी गद्दारी भएको बताएका छन्।'सामाजिक सञ्जालमा हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलार्ई गाली गरेर एमालेलाई विभाजित गरिँदैछ', उनले लेखेका छन्।भुसालले नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर आफूहरूसँग बदला लिन खोजेको आरोप लगाएका छन्।