दोलखा जिल्लामा माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै नेपालमा विद्युत फालाफाल भएको छ ।राष्ट्रिय गौरवमा सूचीकृत तामाकोशी आयोजना सम्पन्न भएपछि नेपालमा अहिले १९ सय मेगावाट विद्युत उत्पादन भैरहेको छ । अहिले यो आयोजनाबाट ३८० मेगावाट व्यवसायिक र ७६ मेगावाट परीक्षण उत्पादन भइरहेको छ ।नेपाल विद्युत प्राधिकरणले नेपालको विद्युत उत्पादन क्षमता १९ सय मेगावाट पुुगेको जानकारी दिएको छ । हाल नेपालमा १५ सय मेगावाट विद्युत खपत भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातोपाटी