विद्यार्थीहरुलाई स्वस्तिमाको सुझाव: रुचि परिवर्तन स्वभाविक हो, आफ्नो गुण चिन्नु

तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वाश गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ कि छैन । त्यसले चाहिँ फरक पार्छ ।’ अभिनेत्री स्वस्तिमा खड्काले सामुदायिक विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै भन्नुभयो, ‘तपाईँको रुचि परिवर्तन हुन सक्छ । यो स्वभाविक हो । यसमा चिन्तित हुनु पर्दैन । आफ्ना भावनाहरु अभिभावकलाई सुनाउन चाहिँ छुटाउनु हुँदैन । नडराउनु, भित्री चाहना अनुसार लक्ष्य बनाउनु । गर्न नसक्ने केही छैन ।’

सम्बन्धित सामग्री

दूषित खाद्यवस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा

खाद्य पदार्थमा विशुद्धता कायम राख्न खाद्य ऐन, २०२३ बनेको हो। उक्त ऐनले सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवाञ्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने व्यवस्था गरेको छ। विभागले आर्थिक वर्ष २०७७/७८ मा एक सय थान मुद्दा दर्ता गरेको थियो।

लेकै फुल्यो लालीगुराँस, रमाउन थाले पर्यटक

फागुन २३, म्याग्दी  । सामान्यतया चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने साविकको समयभन्दा पहिले नै फुलेर जंगल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटकहरु लेकतिर जान थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जंगलहरु रातै देखिन थालेका छन् भने काफल,ऐसेलु जस्ता जंगली फलहरु पनि बेमौसममा नै फल्न शुरु भएको छ ।म्याग्दीका अन्नपूर्ण,रघुगंगा,मालिका,मंगला र धवलागिरि गाउँपालिकाका जंगलहरुमा ढकमक्क लालीगुराँस फुलेर बनपाखानै राताम्य देखिएका छन् । फागुनको मध्यतिरबाट बल्ल कोपिला लाग्न शुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । म्याग्दीका जंगलमा पुसदेखि नै लालीगुराँस फुल्नुका साथै जंगली फलफूल र कन्दमूलहरु पाक्न थालेका थिए । बेमौसममा नै लालीगुराँस फुल्नु र जंगली फलहरुको मौसमी चक्र परिवर्तन हुनुमा  तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वातावरणविदहरुले बताएका छन् । लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । लालीगुराँस फूल चैत–वैशाख महीनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको बेनी नगरपालिका २ ज्यामरुककोटका ८७ वर्षिय बेदप्रसाद उपाध्यायले बताए । लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको प्रभाव देखिएको मालिका गाउँपालिका ३ का जगवहादुर विकले बताए । उनका अनुसार अहिले बेमौसममा नै काफल,तिजुलगायतका जंगली फल पाकेको छ । वातावरणवीद् चन्द्रमणी  सापकोटाका अनुसार स्वभाविक समय अगाडी नै गुराँस फुल्नु र बेमौसमी फलफल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तनहरु भैरहेका छन् । उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल,वनस्पति,मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तनहरु देखिएका छन् ।

किशोरवयमा उचाई बढाउन पाँच योगासन

शरीरको उचाई बढ्ने एक निश्चित उमेर हुन्छ । खासगरी किशोर चरणमा पुगेपछि शरीरको विकासक्रम तिब्र हुन्छ । २०–२२ बर्षपछि यो धीमा हुन्छ । शरीर कति उचाईको हुनुपर्छ ? यसको एक आदर्श मापदण्ड छ । सोही मापदण्ड अनुरुपको उचाई स्वभाविक र सुहाउँदिलो मानिन्छ । शरीरको उचाई सही हुनुमा वंशानुगत गुण लगायत हाम्रो शारीरिक अवस्था, खानपान आदि […]

यस्ता विवादमा परेकी थिइन् अभिनेत्री माधुरी दीक्षित

एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिल्यै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ ।