१२ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पीडित परिवारले ज्यानसम्बन्धी कसूरमा किटानी जाहेरी दिएको छ । प्रहरी वृत्त, बालाजुमा परिवारले सुनारको हत्या भएको दाबीसहित उनका प्रेमी सूर्य श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएको हो । परिवारको जाहेरी आएपछि दर्ता गरेर अनुसन्धान थालिएको बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले अनलाइनखबरलाई बताए । […]