साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल आज बंगलादेशसँग खेल्दै

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (बुधबार) आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ ।भारतमा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । नेपाल आजको खेलमा बंगलादेशमाथि जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ । तर, बलियो टोली बंगलादेशमाथि नेपाललाई जित निकाल्न सहज भने छैन । यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन । ३ खेलमा अङ्क विहीन नेपाल पुछारमा छ ।नेपा

सम्बन्धित सामग्री

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । नेपाल सोमबार भएको खेलमा भारतसँग ५–१ गोल अन्तरले पराजित भएको हो ।  भारतलाई जित दिलाउन एस लिन्डा कोमले ह्याट्रिक पूरा गरिन् । त्यस्तै हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे । नेपालका लागि सन्दीपा भोलानले एक गोल गरिन् । खेलको १६ औं मिनेटमा हेमामले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । २३ औं मिनेटमा लिन्डाले गोरेको गोलमा भारतले अग्रता दोब्बर बनायो । ३८ औं मिनेटमा लिन्डाले गोल गर्दा भारतले ३&n

साफ यू–१८ महिला च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै

काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग बेलुका सवा ७ बजे खेल्ने छ । नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । यस्तै, भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा […]