साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । नेपाल सोमबार भएको खेलमा भारतसँग ५–१ गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन एस लिन्डा कोमले ह्याट्रिक पूरा गरिन् । त्यस्तै हेमाम सिल्की देवी र अनिता कुमारीले एक–एक गोल गरे । नेपालका लागि सन्दीपा भोलानले एक गोल गरिन् । खेलको १६ औं मिनेटमा हेमामले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । २३ औं मिनेटमा लिन्डाले गोरेको गोलमा भारतले अग्रता दोब्बर बनायो । ३८ औं मिनेटमा लिन्डाले गोल गर्दा भारतले ३&n