काँग्रेसले प्रतिनिधिसभा पुनःस्थापनासँगै बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संयमता र एकताका साथ मुलुक र संविधानको दूरगामी भविष्य तथा जनताको अपेक्षानुसार निर्णय लिने निष्कर्ष निकालेको हो ।
बैठकमा संवैधानिक, राजनीतिकलगायत विभिन्न कोणबाट छलफल भएको र समग्रमा कांग्रेसले लिने निर्णयले संविधान र लोकतन्त्र जनतालाई केन्द्रमा राख्नुपर्ने न...