काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजे का लागि संसदीय दलको बैठक बोलाइएको हो । बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएइको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ ।