नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आगामी १० देखि १२ गतेसम्म चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन प्रचारप्रसार समिति लुम्बिनीले आज बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारी तीव्र बनाइएको जनाउँदै रुपन्देहीबाट २२ हजारसहित १२ जिल्लाका प्रतिनिधि सहभागी हुने जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमाले लुम्बिनीका अध्यक्ष लीला गिरीले महाधिवेशन सम्पन्न गर्न लुम्बिनीमा विशेष तयारी गरिएको बताए । महाधिवेशन प्रचारप्रसार विभाग लुम्बिनीका प्रम...