नेकपा एमाले रूपन्देहीले कात्तिक २७ गते पार्टीका महाधिवेशन प्रतिनिधि एकसाथ छनोट गर्ने भएको छ ।
एमाले रूपन्देहीको मंगलवार बसेको बैठकले १६ हजार ३१० पार्टी सदस्यको संलग्नतामा ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा दलित पार्टी सदस्यको हकमा जिल्ला स्तरमा प्रतिनिधि छनोट गर्ने निर्णय गरेको हो ।
एमाले रूपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले सबै निर्वाचन क्षेत्रको तयारीका लागि जिल्ला सदस्यहरू र पालिका पदाधिकारी समेतको संयुक्त बैठक बसी निर्वाचन कमिटी गठन गर्ने र निर्वाचन केन्द्र तोक्न निर्देशन समेत दिएको जानकारी दिए ।...