काठमाण्डाै - नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा पोखराले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हरायो । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो ।
पोखराका आरिफ शेख र आसिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे । आसिफ ७७ रन र आरिफ २६ रनमा अविजित रहे । सुमित महर्जन १३ रनमा आउट भए । लुम्बिनीका किशोर महतोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय...