काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टारले काठमाण्डौ नाईट्सलाई १ सय २ रनले हराएको छ । लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर ४ बलमा ८१ रनमा अलआउट भयो ।
काठमाण्डौमा बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५ रन बनाए । लुम्बिनीका ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान २/२ विकेट लिए । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । लुम्बिनीका हरमित सिं...