२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैकले आगामी चैत ३० गते ५ वर्षका लागि नागरिक बचतपत्र २०८३ ‘क’ जारी गर्ने भएको हो ।  सोका लागि बैंकले यही चैत १ गतेदेखि खुल्ला गरेको बचतपत्र आगामी चैत २० गतेसम्म जारी राख्ने जनाएको छ ।इच्छुक लगानीकर्ताहरूले राष्ट्र बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध अनलाइन सिस्टमबाट आवेदन दिन सक्नेछन् । उक्त बचतपत्र चैत ३० गतेदेखि शुरु भएर २०८३ चैत ३० गते परिपक्‍व हुने बैंकले जनाएको छ ।वार्षिक १० प्रतिशत ब्याजदर

सम्बन्धित सामग्री

विकास ऋणपत्रको ब्याजदर चालू आवकै न्यून विन्दुमा

काठमाडौं । विकास ऋणपत्रको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा झरेको छ । निक्षेप वृद्धिसँगै बैंक, वित्तीय संस्थामा तरलता सहज भए पनि उनीहरूले कर्जा प्रवाह गर्न नसकेपछि सस्तो ब्याजदरमा सरकारी ऋणपत्रमा लगानी गरेका हुन् । जसको कारण सरकारले सस्तो ब्याजदरमा ऋण उठाउन पाएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार ७ अर्ब रुपैयाँ बराबरको ५ वर्षे विकास ऋणपत्रका लागि बोलकबोल आह्वान गरेको थियो । जसमा बैंकहरूले न्यूनतम ८ दशमलव ९८ प्रतिशत ब्याजदर ऋणपत्र खरीद गरेका हुन् । यसअघि गत साता जारी भएको ५ वर्ष अवधिकै ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रमा बैंकहरूले ९ दशमलव ५ प्रतिशत न्यूनतम ब्याजदर मागेका थिए । मंगलबार कायम भएको ब्याजदर चालू आवकै न्यून हो । सरकारले चालू आवमा विकास ऋणपत्रमार्फत ३० अर्ब रुपैयाँ बराबर ऋण उठाएको छ । सोमध्ये गत पुस पहिलो साता जारी गरेको विकास ऋणपत्रको ब्याजदर १० दशमलव ९३ प्रतिशत कामय भएको थियो । पछिल्लो समय भने बैंकहरुले बोलकबोलमा ब्याज घटाउँदै लगेका छन् । मंगलवार २८ अर्ब १४ करोड रुपैयाँ बराबरको बोलपत्रका लागि आवेदन परेको थियो । बोलकबोलमा ३२ ओटा बैंक, वित्तीय संस्थाले ११९ ओटा बोलपत्र पेश गरेका थिए । तरलता सहज भएपछि अन्तरबैंक औसत ब्याजदर पनि सोमवार ४ दशमलव १४ प्रतिशत कायम भएको छ । अघिल्लो शनिवार अन्तरबैंक ब्याजदर ४ दशमलव शून्य ९ प्रतिशतसम्म झरेको थियो । अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि केन्द्रीय बैंकले १८ महीनापछि रिभर्स रिपोमार्फत बजारबाट तरलता खिचेपछि ब्याजदरमा केही वृद्धि देखिएको छ । त्यसपछि भने बैंकहरूले छोटो अवधिको सरकारी ऋणपत्रमा ब्याजदर वृद्धि गरेका छन् । बैंकहरूले ब्याजदर बढाएपछि सोमबार बोलकबोलमा राखिएको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स राष्ट्र बैंक आफैले खरीद गरेको थियो । सोमवार जारी भएका ट्रेजरीमध्ये ९१ दिनको टे«जरीको ब्याजदर वृद्धि भए पनि १८२ र ३६४ दिन अवधिको ब्याजदर घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

२३ अर्ब १३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले २३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले २८ दिनको अवधिको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल असार १४ गते […]

विदेशी बैंकलाई नेपालमा निम्तो, शाखा खोल्दा फाइदा के ?

नेपाल राष्ट्र बैंकले विदेशी बैंकहरूलाई समेत नेपालमा शाखा खोल्न नीतिगत सहजीकरण गरिदिएको छ । कुनै पनि विदेशी बैंकले नेपाल शाखा खोल्न चाहे अब २ करोड डलर अर्थात् २ अर्ब रुपैयाँ बराबरको चुक्तापूँजी पुर्‍याए हुने भएको छ । तर, यस्तो व्यवस्था स्वदेशी बैंकहरूप्रति भने राष्ट्र बैंक अनुदार देखिएको छ ।गत चैत २ गते राष्ट्र बैंकले ‘पोलिसी प्रोभिजन फर ओपनिङ ब्राञ्च अफिस बाइ फरेन बैंक अर फाइनान्सियल इन्स्टिच्यूट इन नेपाल, २०१०’ खारेज गर्दै ‘फरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी, २०२२’

२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ ‘क’ निष्काशन गर्ने भएको छ । बैंकले पाँच वर्ष (२०८३ चैत ३० गतेसम्म) का लागि आगामी चैत ३० गते उक्त नागरिक बचत पत्र निष्काशन गर्न लागेको हो । आइतबार एक सूचना जारी गर्दै बैंकले बचतपत्रका लागि दरखास्त दिन सार्वजनिक आह्वान गरेको छ । सूचना अनुसार पाँच वर्षे वचत पत्रमा बैंकले वार्षिक अधिकतम १० प्रतिशत ब्याजदर प्रदान गर्नेछ । ब्याज भने छ÷छ महिनामा वितरण हुनेछ । इच्छुक खरिदकर्ता (लगानीकर्ता)ले घटीमा १० हजार रुपैय

२१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आगामी मंगलबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै ९१, १८२ र ३६४ दिनका लागि तीन वर्गमा कुल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको जानकारी दिएको हो । बैंकको सूचना अनुसार ९१ दिनका लागि ९ अर्ब १० करोड, १८२ दिनका लागि १० अर्ब र ३६४ अर्थात् एक वर्षका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको हो ।उक्त ट्रेजरी बिल आगामी मंगलबार अर्थात् पुस १३ सार्वजनिक हुनेछ ।&nbs