छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारत बाट नेपाल आउनेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाका स्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउँदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् ।‘भारतबाट नेपाल आउनेको संख्या दैनिक रूपमा बढिरहेको छ,’ इन्चार्ज साउँदले भने, ‘भारतबाट आउने नागरिकको स्वास्